Sat. Jul 5th, 2025

सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा अधिकारी


२४ असार, काठमाडौं –

सर्वोच्च अदालत बार एसोसियसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् ।

शनिबार साँझ सम्पन्न मतपरिणामअनुसार अधिकारी ३०३ मत ल्याई निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी दामोदर खड्काले २४३ मत पाएको प्रमुख निर्वाचन अधिकृत नारायणप्रसाद प्रसाईंले जानकारी दिए ।

यस्तै उपाध्यक्षमा राजु खड्का, सचिवमा शुभनराज आचार्य, सहसचिवमा पूर्णिमा रिमाल गुरागाईं र कोषाध्यक्षमा सरोजकृष्ण घिमिरे निर्वाचित भएका छन् ।

यस्तै महिला सदस्यमा किरणकुमारी गुप्ता, सदस्यमा राजु आचार्य, राजाराम उपाध्याय, पुष्पराज पौडेल, दीपेन्द्रकुमार राई, रमेश महर्जन, भुवनप्रसाद काफ्ले, कल्याण पोखरेल र सन्तोषकुमार महतो निर्वाचित भएका छन् ।

२०७५ असार २४ गते प्रकाशित

 

 

About The Author

अन्य समाचारहरु: