

२७ असार, धादिङ
विकास आचार्यद्वारा निर्देशित चलचित्र ‘नाईँ नभन्नु ल–५’ को ट्रेलर सार्वजनिक भएको छ । प्रेम कथामा आधारित उक्त चलचित्रको ट्रेलरमा समेत प्रेम कथाको शैली झल्किन्छ ।
चलचित्रमा दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, बुद्धि तामाङ, अभिषेक नेपाल, अनुभव रेग्मी, सेड्रिना शर्मा आदि कलाकारले अभिनय गरेका छन् ।
यही चलचित्रबाट अभिनेत्री निरुता सिंह लामो समयपछि अभिनयमा कमब्याक गर्दैछन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, बसन्त सापकोटाको संगीत र अर्जुन जिसीको सम्पादन छ ।
चलचित्रका गीतहरु दिनेश थपलिया तथा वसन्त सापकोटाले रचना गरेका छन् । कविराज गहतराजले चलचित्रमा नृत्य निर्देशन गरेका छन् । सामिप्याराज तिमिल्सिना तथा विकास आचार्य चलचित्रका लेखक हुन् ।
२०७५ असार २७ गते प्रकाशित