फिफा वरियता क्रममा नेपाल एक स्थान तल झ¥यो

चैत्र २६, २०७१

food ball

विश्व फुटबल महासंघ (फिफा)को नयाँ वरियता क्रम (र्‍याङ्किङ) मा नेपाल एक स्थान तल झरेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको वरियता क्रममा नेपाल १८१ औं स्थानमा छ र पहिलो पटक भुटानले नेपाललाई जितेको छ ।

No data was found

नेपाल दक्षिण एसियाली देशमा नेपाल पुछारबाट दोस्रो स्थानमा छ ।

नेपालले पछिलो पटक भारतसँग विश्वकपको प्रारम्भीक छनोट खेल खेलेको थियो । भारतका २-० ले पराजित भएको नेपालले होम गेममा गोलसहित बराबरी खेलेको थियो ।

भुटानले कीर्तिमानी फड्को मार्‍यो

फिफाको नयाँ बरियता क्रममा दक्षिण एसियाली मुलुक भुटानले ठूलो फड्को मारेको छ । भुटानले ४६ स्थानमाथि उक्लिएको छ र श्रीलंका, पाकिस्तान र नेपाललाई जितेको छ ।

यो पछिल्लो वरियता क्रममा कुनै पनि देशमा मारेको सबैभन्दा ठूलो फड्को समेत हो । लामो समयसम्म पुछारमा रहँदै आएको भुटान यो पटक १६३ औं स्थानमा आइपुगेको छ ।

भुटान हालै मात्र विश्वकप छनोटको दोस्रो चरणमा पुगेको छ । उसले विश्वकप छनोटमा श्रीलंकालाई २-१ र १-० को जित निकालेको थियो ।

दक्षिण एसियालीमा  अफगान शीर्ष स्थानमा

दक्षिण एसियाली देशमा अफगानिस्तान शीर्ष स्थानमा छ । २ स्थानमाथि उक्लिएको अफगानिस्तान १३५ औं स्थानमा छ । माल्दिभ्स आठ स्थान तल झरेको छ र १४१ औं स्थानमा छ ।

विश्वकप छनोटमा नेपाललाई पराजित गरेको भारत २६ स्थान माथि उक्लिएको छ र १४७ औं स्थानमा पुगेको छ । पाँच स्थान तल झरेको बंगलादेश १६७ औं स्थानमा छ ।

दुई स्थान तल झरेको पाकिस्तान १७२ औं स्थानमा छ । दक्षिण एसियाली देशमा श्रीलंका सबैभन्दा पुछारमा छ । १२ स्थान तल झरेको श्रीलंका १८६ औं स्थानमा छ ।

शीर्ष स्थानमा जर्मनी

विश्व वरियताको शीर्ष स्थानमा विश्व च्याम्पियन जर्मनी कायमै छ भने अर्जेन्टिना दोस्रो स्थानमा छ ।

कोलम्बियालाई जित्दै बेल्जियम तेस्रो स्थानमा उक्लिएको छ । कोलम्बिया चौंथो स्थानमा झरेको छ भने ब्राजिल पाँचौं, नेदरल्याण्ड छैटौं र पोर्चुगल सातौं स्थानमा छ । अनलाइन खबरबाट

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

प्रतिनिधिसभाको शून्य समयस् समसामयिक विषयमा ध्यानाकर्षण

४४ जिल्लामा आकस्मिक बाढीको जोखिम

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुख अर्यालद्वारा सरकारलाई रुलिङ

प्रतिनिधिसभाः त्रासरहित पत्रकारिता गर्ने वातावरण मिलाउन सरकार समक्ष सचेतक परियारको आग्रह

मनसुनी प्रभाव पूर्वमा पर्न सक्ने पूर्वानुमान

यो पनि पढ्नुहोस