Mon. May 12th, 2025

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण हुने भो ‘गीत गजल’


१४ भदौ, धादिङ –

निर्देशक नितिन चन्दले नया फिल्म निर्देशन गर्ने भएका छन। पल शाह र आँचल शर्मा लाई लिएर ‘जोनी जेन्टलम्यान’ निर्देशन गरेका नितिन चन्दले दोस्रो फिल्म निर्देशन गर्ने भएका छन् । नयाँ कलाकार लिएर नितिनले ’गीत गजल’ बनाउन लागेका हुन् ।

नितिनको ’गीत गजल’ मा रुप पोखरेल र आरोही सिंह मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । आरोहण क्षेत्री निर्माता रहेको फिल्मको बजेट बिग हुने बताईएको छ । लभस्टोरी जनरामा निर्माण हुने फिल्मको लागी मुख्य दुई कलाकार बाहेक अन्य कलाकार छनोटको चरणमा रहेको निमार्ता क्षेत्रीले बताए ।

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बाबु श्रेष्ठको छायांकन रहेनछ ।फिल्मको गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर रहने छ । भदौको अन्तिम साताबाट छायांकनमा जाने गीत गजलको अहिले प्रि प्रोडक्सनको कार्य भैरहेको छ । धेरै राम्रा म्युजिक भिडियोहरु निर्देशन गरिसकेका नितिन युवाहरुबीच लोकप्रिय छन ।

२०७५ भदौ १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: