भूकम्प प्रभावितलाई उपेन्द्र महतोको १५ करोड

बैशाख १९, २०७२

upendra mahot

१९ वैशाख, काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले भूकम्प प्रभावितलाई १५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

आमाको नाममा स्थापित फुलकुमारी महतो मेमोरियल ट्रष्टमार्फत राहत समाग्री वितरण र विद्यालय पुनर्निर्माणमा खर्च गर्ने महतोले बताएका छन् । १५ करोड मध्ये तीन करोड रुपैयाँको राहत सामाग्री भूकम्प पीडितलाई वितरण गर्ने भएका छन् भने १२ करोड रुपैयाँ भत्किएका विद्यालय भवन पुनर्निर्माणमा खर्च गर्नेछन् ।

पीडित परिवारको तत्कालको आवश्यकता पुरा गर्नेगरी ६ जनासम्म अटाउने फेमिली टेन्ट, २र२ वटा तन्ना, म्यार्टेस, कम्बल, तकिया, तौलिया, रेनकोट तथा चामल, दाल, च्यूरा, तेल, नुन, साबुन वितरण गर्ने महतोले बताएका छन् ।

राहत सामाग्री कुन ठाउँमा उपलब्ध गराउने भन्ने विषयमा महतोले केही उल्लेख गरेका छैनन् । बढी भुकम्प प्रभावित ठाउँमा सरोकारवालसँग सल्लाह गरेर राहत वितरण गर्ने उनको भनाइ छ । सबैभन्दा बढी भुकम्प प्रभावित जिल्लाका अत्याधिक क्षतिग्रस्त विभिन्न स्थानमा १२ करोडको लागतमा भुकम्प प्रतिरोधी स्कुल भवनहरुको पुनरनिर्माण गर्ने बताइएको छ । नेपाल सरकार र सम्बन्धित निकायसँग समन्वय गरी निर्माण स्थलको चयन गरिने भएको छ ।
मुलुकमा परेको महाविपत्तीमा निजी क्षेत्रको सहयोगी भूमिका आवश्यक रहने बताउँदै महतोले निजी क्षेत्र मुलुकप्रतिको दायित्वबाट मुक्त हुन नसक्ने बताएका छन् ।

महतोले सबै नेपाली दाजुभाई, दिदी बहिनी तथा विदेशी शुभचिन्तकलाई आवास, स्वास्थ्य, शिक्षा लगायत भौतिका संरचनाहरुको पुनरस्थापना र पुनर्निर्माणको आ(आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आहृवान समेत गरेका छन् ।
सबै नेपालीहरु आत्मविश्वास नगुमाई आ(आफ्नो क्षमताअनुरुप उद्दार, राहत र पुनःस्थापनामा जुटेर देशको पुनर्निर्माणमा लाग्नुपर्ने बेला आएको महतोको भनाइ छ । अनलाइनखबरबाट

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भेटियो घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा, दुई लाख जरिवाना

इन्जिनियर कुटेर फरार हुने मल्ल पक्राउ, अनुसन्धानका लागि ६ दिनको म्याद थप

खानेपानीको पाइप बिछ्याउन भत्काएको सडक महिनैदेखि अलपत्र

बैशाख र जेठमा धादिङबाट १४१७ राहदानी वितरण

ट्रेड युनियन खारेज विरुद्धको रिटमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार

आइतबार पनि खुला रहने नेपाल आँखा अस्पताल

काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा आठको मृत्यु

यो पनि पढ्नुहोस