
१० फागुन, धादिङ
“नेपाल आइडल सिजन २” बाट टप १० भित्र पुग्न सफल भएका क्रिशल कडेल र अहिले चर्चित बाल नायिका सेड्रीना शर्माको नयाँ गीतको भिडियो सार्बजानिक गरिएको छ । सामाजिक संजालमा लोकप्रिय यी दुई जोडीले पहिलो पटक संगै स्क्रिन शेयर गरेका हुन्। ‘ओढेर घूङ्घट’ बोलको गीतमा क्रिशल कँडेलको स्वर अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेती शब्द सृजना रहेको छ।
क्रिशल युवापुस्ता माँझ निक्कै लोकप्रिय बनेका छन्। अभिनय गर्न माहिर क्रिशल सानै देखि गीत गाउन पनि रुचाउथ्ये । कुनै नायक भन्दा कमि नरहेका क्रिशल फिल्मी छेत्रमा आफ्नो पहिचान बनाउने पक्का देखिन्छन। त्यस्तै सेड्रीनाले ‘नाई नभन्नु ल ५’ जस्तो सुपरहिट चलचित्रमा अभिनय गरेपछि चर्चामा आएकी हुन्। दीपक आचार्यले निर्देशन गरेको म्युजिक भिडियोमा कोरियोग्राफी र ड्रेस डिजाइन भने तेञ्जु योञ्जनले गरेकी हुन् ।
२०७४ फागुन १० गते प्रकाशित