Wed. May 14th, 2025

गायिका मेलिना राईको ‘बैशाख नि बित्यो असार नि बित्यो’मा दिलिप रायमाझी (भिडियो)


२२ बैशाख, धादिङ –

कुनै बेलाका चर्चित नायक दिलिप रायमाझी लामो समय कला क्षेत्रबाट केहि टाढारहे पनि पछिल्लो समय उनी म्युजिक भिडियोको अभिनयमा ब्यस्त छन ।

नायक रायमाझी अभिनित नयाँ गीतको म्युजिक भिडियो शुक्रबार मात्र सार्वजनिक भएको छ । नेपाली सुगम एबम चलचित्रकी सर्वाधिक लोकप्रिय गायिका मेलिना राई र विश्व नेपालीको युगल स्वर रहेको गीत ुुबैशाख नि बित्यो असार नि बित्योुुमा दिलिप रायमाझी र जुना सुन्दास अभिनित छन ।

गीतमा मिलन रेग्मीको शब्द र उमेश रेग्मीको सगीत र फणिन्द्र राईको सगीत संयोजन रहेको छ ।उत्सव दाहालको सिनेमाटोग्राफी बिकाश दाहालको सम्पादन र लोमस पौडेलको सह निर्देशन रहेको गीतको म्युजिक भिडियोलाई निर्देशक युवराज वाइबाले निर्देशन गरेका हुन। भिडियोलाई गोत्र इन्टरटेन्टमेन्टको यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

 

 

२०७६ बैशाख २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: