Wed. May 14th, 2025

धादिङबेसीमा चलचित्र ‘लभ हो’ को मुहुर्त


२७ जेठ, धादिङ–


नेपाली कथानक चलचित्र ‘लभ हो’ को शुभ मुहुर्त गरिएको छ । धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङगानाले नरिवल फुटाएर चलचित्रको मुहुर्त गरेका हुन् । सन्तोष काफ्लेको निमार्ण तथा सुवास जि.सी.को निर्देशनमा चलचित्र बन्न लागेको हो ।

सामाजिक सन्देशलाई मुख्य विषयवस्तु बनाएको चलचित्र धादिङको नीलकण्ठ नगरपालिका भित्रका विभिन्न पर्यटकीय ठाउँहरु र मुस्ताङको मुक्तिनाथ मन्दिरसम्ममा छायाङ्कन गरिने बताइएको छ । प्रदिप जि.सी, विश्व देवकोटा, रवि भट्टराई, प्रकाश ढकाल सहायक निर्माता रहनुभएको चलचित्रमा सन्तोष काफ्लेको कथा रहेको छ । चलचित्रमा सितल केसि सुवास अर्याल, दिप्ति तामाङ, विशाल लिम्बू, प्रतिभा ढकाल, सविता अर्याल लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

चलचित्र लभ होमा विश्व देवकोटाको गीत र वसन्त सापकोटाको सङ्गीत रहेकोछ भने मेलिना राई, वसन्त सापकोटा, राज सिग्देल लगायतका चर्चित कलाकारहरुले स्वर दिएका छन् । ईन्जोए मुभिज् प्रा.लि. र यूनिक मिडिया नेटवोर्कको संयुक्त प्रश्तुती रहने चलचित्रमा समाजमा भएको हत्या, हिंसा, बलत्कारको घटनालाई यथार्थ रुपमा देखाउने उदेश्यले निर्माण गर्न लागिएको निर्देशक जि.सी ले बताए ।

चलचित्रको विषयवस्तु र लागतको बारेमा आजै धादिङबेसीमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको थियो । चलचित्र निर्माण गर्न ३० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ भने चलचित्र एकमहिनामा निर्माण सम्पन्न गरि सिनेमाहलमा पुर्याउने पनि निर्देशक जि.सी ले बताए ।

२०७६ जेठ २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: