धादिङ बोर्डिङद्धारा विद्यार्थीहरुलाइ सम्मान

जेष्ठ २९, २०७६

२९ जेठ, धादिङ

धादिङ बोर्डिङ माद्यमिक विद्यालयले प्रथम मेयर कप तथा प्रथम नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा विद्यालयको तर्फबाट सहभागी भइ विजयी भएका खेलाडीहरुलाइ सम्मान गरेको छ ।

विद्यालयमा अध्ययन गरि खेलकुदको माद्ययमबाट समेत विद्यालयको नाम चम्काएको भन्दै खेलाडी विद्यार्थीहरुलाइ विद्यालयको तर्फबाट बधाइ तथा धन्यवाद ज्ञापन गरि नगद पुरस्कार सहित सम्मान गरेको विद्यालयले जनाएको छ ।

प्रथम मेयर कप भलिवल प्रतियोगीतामा धादिङ बोर्डिङ छात्रतर्फ प्रथम भएको थियो भने छात्रा तर्फ सात्वना स्थान हाँसिल गरेको थियो । त्यस्तै छात्र भलिवल तर्फ धादिङ बोर्डिङकै खेलाडी राजकुमार तामाङ उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

प्रथम हुने खेलाडीलाइ नगद ३ हजार ५ सय र सात्वना हुने खेलाडीहरुलाइ जनही १ हजार रुपैयाद्धारा तथा उत्कष्ट खेलाडी घोषित राजकुमार तामाङलाइ थप नगद ५ हजारद्धारा सम्मान गरिएको शिक्षक अभिषेक बसौलाले जानकारी दिनुभयो । आगामी दिनमा अध्ययन संगसंगै अतिरिक्त क्रियाकलाप र खेलकुदका गतिविधिलाइ अझ फराकिलो बनाउदै लैजाने विद्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ