Fri. Jul 4th, 2025

महीनावारी र सुत्केरीलाई दिइँदैन दूधदही

४ भदौ , धादिङ

जिल्लाका अधिकांश ठाउँमा अझै पनि महीनावारी र सुत्केरी महिलालाई दूधदही नदिने चलन कायमै रहेको पाइएको छ । सामान्य अवस्थाभन्दा महीनावारी र सुत्केरी भएका बेला महिलालाई बढी पोषिलो खाद्यवस्तुको आवश्यकता पर्छ ।

सोही वडाकी सिता विक महीनावारी भएका बेला गाईवस्तलाई छोएमा सुक्दै जाने, बिरामी हुने र देवीदेउता रिसाउने हुदाँ गाईवस्तुलाई छुने हिम्मत नै नगरेको पीडा सुनाए ।

उसो त अधिकांश ग्रामीण भेगमा गाई, भैँसीको दूध, दही र मही बिक्री गर्ने चलन अहिले केही मात्रामा छ । दूधदही बिक्री गरे देउता रिसाउने भन्दै बिक्री गर्न नमानेको गजुरीगाउँपालिकाका जानुका रोकायाले बताए । जसले गर्दा व्यावसायिक प्रणालीको विकास हुनसकेको छैन । जबसम्म मान्छे व्यावसायिक हुँदैन, तबसम्म उसको आयआर्जनमा वृद्धि हुन सक्दैन भन्ने उनले ठम्याइएको छ ।

पिडा गाउँपालिका पार्वति विकले भन्नुभयो, “यो परम्परागत अन्धविश्वासका विरुद्ध गाउँ–गाउँमा अभियान सञ्चालन गर्नुपर्दछ ।” जिल्ला अस्पतालका डा रोहित गिरीले भने महीनावारी र सुत्केरी भएका बेला रगत बढी बग्ने र शरीरमा कमजोरीको महसुस हुने भएकाले यो अवस्थामा दूध, दही, हरियो सागपात, माछामासुलगायत साविकको भन्दा पोषिलो खानेकुरा बढी प्रयोग गर्नुपर्ने बताए ।

About The Author

अन्य समाचारहरु: