Wed. May 14th, 2025

पवनको ‘गुरुको भेट’

??????????????????????????????????????????????????????????


१० भदौ, काठमाडौँ —
गायक पवन गिरि ‘गुरुको भेट’ एल्बम लिएर पहिलोपटक दर्शकमाझ आउने भएका छन् । ‘मलाई एकछिन देउ‍‍।।’ बोलको गीतमा न्हुँ बज्राचार्यको संगीत, दुर्गालाल श्रेष्ठको शब्द छ ।

‘गीतको म्युजिक भिडियोसमेत तयार भइसक्यो’, रक गीतमा रमाउने दोलखाली गायक गिरिले भने।

संगीतकार बज्राचार्यलाई गुरुको रुपमा श्रद्धा गर्दै उनले एल्बमको नामै ‘गुरुको भेट’ राखेको बताए। ‘नेपाल आइडल’को दोस्रो संस्करणमा गिरि रकस्टारका रुपमा दर्शकमाझ रुचाइएका थिए।

म्युजिक भिडियोमा उनले कविता नेपालीसँगै आफैंले अभिनय गरेका छन्। भिडियोको निर्देशन भने लोकेश बज्राचार्यले गरेका छन्। र, क्रियटिभ डाइरेक्टरको भूमिकामा योपेश प्रधान छन् ।

लगत्तै टिका दाहालको संगीतको गीत ‘मेल्टरीको जुत्ता।।’ सार्वजनिक गर्न लागेको जानकारी युवा गायकले दिए। उनी अस्ट्रेलिया, कोरिया लगायत देशका कन्सर्टमा पुगिसकेका छन्।
२०७६ भदौ १० गते

About The Author

अन्य समाचारहरु: