धादिङका चारै जना प्रदेशसभा सांसदले कोरोना कोषमा एक महिनाको तलब सहयोग गर्ने

चैत्र १४, २०७६


१४ चैत, धादिङ


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् धादिङ जिल्लाबाट प्रतिनिधित्व गर्ने बागमति प्रदेशका चारै जना प्रदेश सभा सदस्यहरुले प्रदेश सरकारले स्थापना गरेको कोरोना कोषमा आफ्नो सांसद वापतको एक महिनाको तलव जम्मा गर्ने घोषणा गरेका छन् ।

पाविल न्युज डटकमसंग कुरागर्दै बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रि शालिकराम जमरकट्टेल, सासंदहरु राजेन्द्र प्रसाद पाण्डे, डा. रामकुमार अधिकारी र जगत सिंखडाले कोरोना कोषमा एक महिनाको पारिश्रमिक बापतको रकम जम्मा गर्ने घोषणा गरेका हुन् ।

यो पनि पढ्नुहोस्

कोरोना कोषमा एक महिनाको तलव जम्मा गर्ने सांसद भूमि त्रिपाठीको घोषणा

कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन थालेको अवस्थामा सबै तवरले तयारी रहन र सावधानी अपनाउन सासंदहरुले धादिङका जनतालाई आग्रह समेत गरेका छन् ।
सासंदहरुले कोरोनाको सन्त्रासले आर्थिक तथा स्वास्थ्य क्षेत्रमा परेको जटिल समस्यालाई विशेष ध्यानमा राखी सेवा तथा सहयोग गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उद्योगी व्यावसायी तथा सम्पूर्ण सहयोगी महानुभावहरुलाई आग्रह गरेका छन् ।

साथै तीनै तहका सरकारले व्यवस्थित र प्रभावकारी काम गरिरहेकाले आतंकित नभई सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह पनि गरेका छन् ।

कोरोना नियन्त्रणका लागि सबै पक्षबाट भएको सहयोगको उच्च प्रशंसा गर्दै सांसद हरुले सहयोग गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् । यस अघि प्रतिनिधिसभा सांसद भूमि त्रिपाठीले सांसद बापतको एक महिनाको तलब प्रदान गर्ने घोषण गरेका थिए ।

२०७६ चैत १४ गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ