उद्योगमन्त्री बस्नेतद्धारा शिक्षण कोठा हस्तान्तरण

जेठ २७, २०७२

progrm by mahesh basnet

२७ जेठ, सिन्धुपाल्चोक – उद्योगमन्त्री महेश बस्नेतले सिन्धुपाल्चोक जिल्लाको ज्यामीरेमा रहेको जनता माविलाई जस्तापाताद्वारा निर्मित शिक्षण कोठा हस्तान्तरण गर्नुभएको छ ।

एमालेको राष्ट्रिय स्वंयसेवक परिचालन अभियान अन्तर्गत युवा संघ नेपालको सिन्धुपाल्चोक क्षेत्र नं. ३ को टोलीले निर्माण गरेका उक्त कक्षा कोठाहरू उहाँले हस्तान्तरण गर्दै गर्नुहुँदै मन्त्री बस्नेतले भूकम्पको कहालि लाग्दो क्षण विर्सेर अब भग्नावषेशबाट उठ्न जरुरी रहेको बताउनुभयो । उहाँले आत्म स्वाभिमान हुन आग्रह गदैँ –‘हामी परनिर्भर नबनौँ । तत्काल बस्नहुने घर विद्यालय बनाउन हामी स्थानीय स्रोत साधनको प्रयोग गरौँ । यो समय राष्ट्रिको पुर्ननिर्माणको हो’ भन्नुभयो ।‘हामीले आफ्नै स्वदेशी सीप र साधनलाई प्रयोग गर्नु पर्दछ । भविष्यमा भूकम्पका कारण हुनसक्ने जोखिमलाई समेत ध्यानमा राखेर संरचना निर्माण गर्नु पर्दछ । यस कुरामा सवै राजनीतिक दलहरू सजग हुनु पर्दछ र सरकारले यसको अगुवाई गर्नु पर्दछ ।’ उहाँले भन्नु भयो । साथै उहाँले देश आपतमा परेको बेलामा सबै जनता धैर्य गरी एकआपसमा सहयोगको भावनाले अघि बढ्नुपर्ने बताउनुभयो ।

No data was found

एक छुट्टै प्रसंगमा मन्त्री बस्नेतले एक महिना भित्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने दावी गर्नुभयो । ‘अबको विकल्प राष्ट्रिय सरकार हो । राष्ट्रिय सरकारको नेतृत्व एमालेका अध्यक्षले गर्नुहुन्छ त्यस पछि मात्र देशको पुर्ननिर्माण आरम्भ हुन्छ’ उहाँले भन्नुभयो । सिन्धुपाल्चोक क्षेत्र नं। ३ का सभासद शेरबहादुर तामाङ्ले सिन्धुपाल्चोक जिल्लाबासीलाई दुःखको घडीमा कति पनि नआत्तिन आग्रह गदैँ सिन्धुपाल्चोक जिल्लाको नवनिर्माण पश्चात् मात्र आफूले विश्राम लिने प्रतिवद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा उहाँले आफूप्रति जनताको अटल माया र विश्वास देखेर आफूलाई सम्हाल्न सक्नुभएन गहभरी आँशु लिदैँ भूकम्पले पुर्याएको जनधनको क्षतिले आफूलाई मर्माहत बनाएको बताउनुभयो । सभासद तामाङ्ले विद्यालयको स्थायी संरचना निर्माणका लागि आगामी बर्षको निर्वाचन क्षेत्र विकास बजेट अन्तरगत १० लाख दिने घोषणा गर्नुभयो । युवा संघ नेपालको टोली नं. १ सिन्धुपाल्चोक क्षेत्र नं. ३ का इन्चार्ज तथा युवा संघका महासचिव राजिव पहारीले सिन्धुपाल्चोक जिल्लामा नौ वटा विद्यालय कोठा निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाँले यस अभियान अन्तगरगत युवा संघले ९० वटा भग्नावशेष हटाएको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बाढीको असर: नारायणगढ–काठमाडौँ सडकमा सवारी आवागमन बन्द, तटीय क्षेत्रमा उच्च सतर्कता

बाढीले बैंक तथा वित्तिय संस्थाका १८ शाखा बगायो

बाढीले नुवाकोटबाट करिब ३ सय बेपत्ता, ११ जनाको शव फेला, ८ सय घरमा क्षति

बाढीले फुर्केखोला पुल बगाएपछि धादिङबेसीसँगको यातायात सम्पर्क विच्छेद, अन्य चार वटा पुल पनि बगायो

त्रिशूलीमा आएको बाढीपछि धादिङका विभिन्न स्थानबाट १६ जनाको शव फेला, तीन जनाको जीवितै उद्धार

यो पनि पढ्नुहोस