Tue. Apr 30th, 2024

धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि


१४ साउन, धादिङ–


धादिङमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नीलकण्ठ नगरपालिका वडा नं ३ का ९ र २८ वर्षका पुरुषहरु र ३० वर्षका महिला, नीलकण्ठ नगरपालिका वडा नं १२ का २६ र ४७ वर्षका पुरुषहरु, सिद्धलेक गाउँपालिका वडा नं ४ का ३२ वर्षका पुरुष र खनियाबास गाउँपालिका वडा नं २ का २३ वर्षका पुरुष रहेका छन् । गत साउन ११ गते ५९ जनामा गरिएको परिक्षणमा कोरोना पुष्टि भएको हो ।

धादिङमा कोरोना संक्रमितको संख्या १३७ पुगेको छ ।

२०७७ साउन १४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: