बल्ल पूरा भयो आठ वर्षअघि देखिको सपना

जेठ ३१, २०७२

सरिता श्रेष्ठ, धादिङ –

kabard hall

आठ वर्ष अघि निर्माण कार्य सुरु गरिएको कभर्ड हलले अहिले पूर्णता पाएको छ । लाखौं खर्च गरेर वि.स.२०६४ सालमा धादिङबेसीमा सबैभन्दा पहिले कर्भड हलको निर्माण कार्य सुरु गरिएको थियो । तर त्यो कर्भड हल बीचमा नै अलपत्र परेको थियो । राजनीतिक खिचातानी र बजेट अभावको कारण देखाउदै पहिले सुरु गरिएको कभर्डहलको निर्माण कार्य रोकेपछि पुरानो संरचना ध्वस्त भएको थियो । कभर्डहलको लागि जग हालिए पनि त्यस माथिको संरचना वनाउन नसक्दा जग नै उप्कन थालेको थियो । भने पिल्लरका लागि ठड्याइएको रडहरु भाँचिएको थियो ।

No data was found

त्यसपछि कभर्ड हललाई पूर्णता दिनका लागि पूरानै ठाँउनिर २०७० साल चैत २० गते फेरी निर्माण कार्य सुरु गरिएको थियो । अलपत्र रहेको कभर्ड हलले अहिले पूर्णता पाएको छ । संविधान सभाका उपाध्यक्ष ओनसरी घर्ती मगरले विधिवत रुपमा शिलान्यास गरी हलको निर्माण कार्य सुरु गरिएको थियो । र अहिले उहाँले नै नवनिर्मित सेमीकभर्ड हलको उद्घाटन गर्नुभएको छ ।

नवनिर्मित सेमी कभर्ड हल नेपाल सरकार युवा तथा खेलकुद परिषद् धादिङ जिल्ला खेलकुद विकास समितिले ३७ लाख १९ हजारमा निर्माण सम्पन्न गरिएको हो । १६ मिटर चौडाई र १८ मिटर लम्बाई क्षेत्रफलमा निर्माण गरिएको हलमा व्याटमिन्टन, भलिबल, कँराते, तेक्वान्दो लगायतका खेलहरु खेल्न सकिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनराज भण्डारीले जानकारी दिनुभयो ।

सेमी कभर्ड हल २०७१ असार मसान्तसम्म बनाइसक्नुपर्ने थियो । तर कभर्ड हल निर्माण कार्यका लागि आवश्यक सामग्रीहरु ल्याउन ढिलाई भएकाले र ठेकेदारहरुले समयमा काम नगरिदिदाँ तोकिएकै समयमा कभर्ड हल निर्माण हुन सकेन । म्याद थपि थपि अन्तत २०७२ को आर्थिक वर्ष सकिनै लाग्दा निर्माण सम्पन्न गरियो । त्यसलाई हामीले धादिङको खेलकुदको विकासमा उपलब्धिको पाटोको रुपमा लिनु पर्दछ ।

कभर्ड हल निर्माणसँगै धादिङको खेल विकासमा पनि केही उत्साह थपिएको हो की भन्ने अनुमान लगाउन सकिन्छ । सामान्य वर्षात र हावामा समेत खेल खेल्न नसकिने हुँदा आवश्यक अनुसार अभ्यास गर्ने ठाँउको कमी थियो । कभर्ड हल बनेपछि खेलाडीहरुमा पनि उत्सुकता जागेको छ । राष्ट्रको गहना मानिने खेलाडीलाई खेल क्षेत्रमा टिकाउनका लागि त्यसको मर्मत संभार गरे जस्तै बनेको कभर्ड हलको पनि सहि सदुपयोग गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’ को परीक्षण सुरु

नेप्से परिसूचक २१ दशमलव १९ अङ्कले घट्यो

बाढीपीडितका समस्या समाधानमा सांसदहरूको जोड

कृष्णभिरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

यो पनि पढ्नुहोस