सहुलियत पूर्ण कर्जा प्रवाहका लागि त्रिपक्षिय सम्झौता

पुस २०, २०७७

२० पुस, धादिङ –


ज्वालामूखी गाउँपालिका, धादिङ उद्योग वाणिज्य संघ र मेगा बैङ्क नेपाल लिमिटेड बीच सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी सम्झौता भएको छ । नेपाल राष्ट्र वैङ्कको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०७५ ९संसोधित २०७७० बमोजिम सहुलीयत पूर्ण कर्जा प्रवाहका लागि सोमबार गाउँपालिकामा त्रिपक्षिय सम्झौता भएको हो ।

ज्वालामूखी गाउँपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य व्यवसाय प्रवद्र्घन तथा गाउँपालिकाको उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत उद्यमशिल बन्न चाहने गाउँपालिकाबासीका लागि कार्यक्रम सम्झौता गरेको गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिनाले बताए ।

नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५, (संशोधित २०७७) अन्तर्गत योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवद्र्धन गर्न, शिक्षित युवालाई आफ्नो रुची, सिकाइ, अनुभव साथै अध्ययनको आधारमा स्वरोजगार बन्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरि व्यवसायिकता अभिबृद्धि गर्न, जनजाति, सिमान्तकृत, अपांगता तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आय आर्जनका लागि सहुलियत कर्जा प्रदान गरी उद्यमशिलता विकास गर्न तथा वित्तिय पहुँच बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको पनि अध्यक्ष तिमल्सिनाले बताए ।

गाउँपालिकामा कर्जाका लागि दिइएका आवेदनहरु मध्येबाट छनौट भएका उद्यमी एवं व्यवसायीहरुलाई सहूलियतपूर्ण कर्जा प्रवाह गरिने मेगा बैंक नेपाल लिमिटेडले जनाएको छ । गाउँपालिकाबाट कर्जाका लागि सिफारिस भै आएका आवेदकहरुको कर्जा प्रस्तावलाई बैङ्कले सहज रुपमा छिटो छरितो सेवा प्रदान गर्ने र यस्ता सेवालाई वैंकले उच्च प्राथमिकता दिने पनि बैंकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ