
२७ चैत , धादिङ –
कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाउने तयारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, विद्यालय, सिनेमा हल र पार्टी प्यालेस बन्द गर्नुपर्ने निष्कर्ष निकाल्दै सीसीएमसीमा सिफारिश पठाएको छ ।
सीसीएमसीको आज बस्ने बैठकले यो बिषयमा निर्णय गर्ने बताइएको छ ।
सीसीएमसीले स्वास्थ्य मन्त्रालयले पठाएको सिफारिश अनुसार निर्णय गरेको खण्डमा पौषको २६ गतेबाट औपचारिक रुपमा सुचारु भएका चलचित्र भवनहरु बन्द हुनेछन् ।
सरकारले १० महिनासम्म बन्द भएका हलहरु पौष २६ गतेबाट ५० प्रतिशत अकुपेन्सीमा संचालन गर्न दिने निर्णय गरेपछि केही नयाँ नेपाली चलचित्र रिलिज भएका थिए ।
तर, ती कुनै पनि चलचित्रले बक्स अफिसमा कुनै गतिलो व्यापार गरेनन् । ३ महिनादेखि हलहरु संचालनमा आएपनि दर्शकको उपस्थिती भने न्यून छ ।
२०७७ चैत २७ गते प्रकाशित