Wed. May 14th, 2025

कमेडीका विक्कीलाई सिक्किमका मुख्यमन्त्रीले पुरस्कार दिने

धादिङ –

केही दिन अगाडि सिक्किमका मुख्यमन्त्री पीएस गोलेले ‘कमेडी च्याम्पियन’का प्रतिस्पर्धी विक्की अग्रवाललाई भोट गर्न भन्दै उनको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गरे ।

यो शोको टप ६ मा पुगिसकेका विक्की सिक्किमका हुन् । उनका लागि अहिले भोटिङ गर्नका लागि सिक्किममा अभियान नै चलेको छ ।

दर्शकको भोट धेरै पाउने प्रतिस्पर्धी शोमा अगाडि बढ्ने नियमका कारण पनि उनीहरुलाई भोट गर्न ठूलै पैसा खर्च हुने गरेको छ ।

उसो त, भोटकै कारण शो जित्ने नियमका कारण पनि प्रतिस्पर्धीका परिवारले ठूलै रकम खर्च गर्नुपर्ने वाध्यता छ ।

‘नेपाल आइडल, कमेडी च्याम्पियन, द भ्वाइस अफ नेपाल’ लगायतका अधिकांश रियालिटी शोमा यही नियम छ ।

About The Author

अन्य समाचारहरु: