धादिङका दृष्टिविहिन विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण

असार ८, २०७२

dristibihen student
धादिङ – धादिङका एक दृष्टिविहिन विद्यार्थी विशिष्ट श्रेणीमा पास भएका छन् ।

धादिङ जिल्लाको थाक्रे – ३, महादेवबेसीमा रहेको श्री जनजागृति उमाविबाट प्रवेशिका परीक्षा एसएलसी दिएका रविन्द्र महतोले ८० प्रतिशत अंक ल्याएका छन् । त्यसै विद्यालयबाट एसएलसी दिएका अन्य २ जना दृष्टिविहिन विद्यार्थीहरु प्रथम श्रेणीमा पास भएका छन् । सँगै एसएलसी दिएका राम रेग्मी र लक्ष्मण रेग्मीले प्रथम श्रेणीमा पास गरेका छन् । उनीहरु मध्ये लक्ष्मणले ७६ दशमलव ७५ प्रतिशत र रामले ७५दशमलव ८७ प्रतिशत अंक ल्याएको विद्यालयले जानकारी दिएको छ ।

दृष्टिविहिन विद्यार्थीहरुले ल्याएको नतिजामा शिक्षक तथा अभिभावक खुसी भएको विद्यालयका शिक्षक रामचन्द्र रुपाखेतीले जानकारी दिनुभयो । अघिल्ला वर्षहरुमा पनि दृष्टिविहिन विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याएका थिए ।

धादिङ जिल्लाभरबाट त्यसै विद्यालयका ३ जना दृष्टिविहिन विद्यार्थीहरु प्रवेशिका परीक्षा एसएलसीमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ

रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह

एकतीस करोडभन्दा बढी राजस्व सङ्कलन

यो पनि पढ्नुहोस