
राधिका अधिकारी
धादिङ – साउन हरियालीको महिना । साउमा हरियो पहिरन पहिलाको पहिलो प्राथमिकतामा पर्छ, त्यसपछि पहेँलो र रातो । हरियो चुरा, हरियो पोते, हरियो कपडा र फोटो खिचाउन समेत हरियाली स्थान नै रोज्छन् महिलाहरु ।
हरियोलाई प्रेम र वातावरण, रातोलाई शौभाग्य एवं पहेँलोलाई शिवको रंगको रुपमा लिइन्छ । विवाहित होस् या अविवाहित साउनको ब्रत लिने सबैले चोखोनितोमा पनि उत्तिकै ध्यान दिन्छन् ।
सदरमुकाम धादिङबेसी नजिकै रहेको पशुपति मन्दिरमा पुजा गर्न पुग्ने र फोटो खिचाउन पुग्नेहरुको फोटो पाविल न्युजले पनि संकलन गरेको छ । हेर्नुहोस्
तस्बिरहरु शंकर श्रेष्ठ








