नेपाल कम्युनिष्ट पाटी केन्द्रको सम्मेलन मंसिरमा हुने

असोज ११, २०७८

काठमाडौ –

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण मंसिरको पहिलो सातासम्म पछि सारेको छ । आगामी कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मंसिर ४ गते पालिका स्तरीय सम्मेलन गर्ने माओवादीले निर्णय गरेको छ ।

आगामी पुस ११ देखि १३ गतेसम्म गर्ने भनिएको राष्ट्रिय सम्मेलनको तिथि भने सारिएको छैन । तर, सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले स्थानीय तहका सम्मेलनहरूको मिति परिवर्तन गरेको स्थायी कमिटीका नेता देव गुरुङले बताए ।

No data was found

यसअघि माओवादीले असोज ३० गते पालिका स्तरीय सम्मेलनहरू गर्ने भनेको थियो । तर, असोज २९ गते दसैंको टीका परेकाले माओवादीले कार्यतालिका परिवर्तन गरेको हो ।

‘कात्तिक १३ गते वडा सम्मेलन गर्ने र मंसिर ४ गते स्थानीय पालिकाहरुको सम्मेलन गर्ने भन्ने कुरो छ,’ नेता गुरुङले भने, ‘राष्ट्रिय र प्रदेश सम्मेलन नसार्ने र अरुको समय सार्ने भन्ने विषयमा छलफल भएको छ ।

यसअघि, गत साउन ३० मा सम्पन्न माओवादीको केन्द्रीय कमिटी बैठकले भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने कार्यतालिका बनाएको थियो । त्यसैगरी असोज १० गते देशैभर एकैदिन सेल र टोल भेला भनिएको थियो ।

असोज २० गते वडा सम्मेलनहरू गर्ने र असोज ३० गते दसैंका बेला देशभरिका सबै गाउँपालिका र नगरपालिका सम्मेलन भनिएको थियो । यो कार्यतालिका अनुसार अहिले देशभरि टोल र वठा सम्मेलन भइरहेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

यो पनि पढ्नुहोस