च्याम्पियन्स लिगमा ग्वार्डिओलाविरुद्ध मेसी

अशोज १२, २०७८

एजेन्सी –

एक समयका चर्चित जोडी म्यानेजर पेप ग्वार्डिओला र लियोनेल मेसी आज पुन एक पटक फरक–फरक क्लबबाट प्रतिस्पर्धा गर्दै छन्।

विश्वमा लियोनेल मेसी र पेप ग्वार्डीओलाले कुनै समय एकसाथ रहँदा बार्सिलोनामा उनीहरुले सँगै १४ ट्रफि जितेका थिए। अहिले मेसीले पनि बार्सिलोना छाडेर पिएसजी गएका छन्।

पिएसजीबाट केहि खेल खेलिसक्दा उनले गोल गर्न सकेका छैनन्। त्यसैले आज पूर्व प्रशिक्षकविरुद्ध उनले गोलको खाता खोल्ने प्रतिक्षा छ। तर विश्व क्लब फुटबलमा सर्वाधिक लगानी रहेका दुई क्लबबीचको प्रतिस्पर्धामा कस्ले बाजि मार्ला त्यो भने प्रतीक्षाका रुपमा रहने छ।

फ्रेन्च क्लब पिएसजीले इंग्लिस क्लब म्यानेचस्टर सिटीविरुद्ध आफनो मैदानमा खेल्दै गर्दा मुख्य रुपमा विश्व स्टार खेलाडीको घम्साघम्सीको रुपमा समेत खेल रहने छ।

त्यसो त पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोलाई च्याम्पियन्स लिगमा स्टार खेलाडीको ब्यवस्थापनका साथ राम्रो नतिजा दिलाउनु पर्नै चुनौती सर्वाधिक माथि छ।

लियोनल मेसी, नेयमार र केलियन एमबाप्पे अग्रपंक्तिको मुख्य हतियारका रुपमा रहँदा इकार्डी, एंजल डी मारिया र डिफेन्समा पनि उतिकै चुनौती हुने छ।

ब्रगविरुद्धको पहिलो खेलमा पोचेटिनोले मेस्सी, नेयमार र एमबाप्पेलाई उतारे पनि उनीहरु सोचेजस्तो चल्न भने सकेनन्। घुँडाका चोटका कारण मेसी पछिल्ला दुई खेलमा देखिएका छैनन्। त्यसैले उनी आज हुने सिटी विरुद्धको खेलमा मैदान फर्कने विश्वास गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ