भारतको लगातार दोस्रो हार

कार्तिक १५, २०७८

धादिङ : टी–२० विश्वकपमा भारत लगातार दोस्रो खेलमा पराजित भएको छ । पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको भारत आइतबार राति भएको खेलमा न्युजिल्याण्डसँग ८ विकेटले पराजित भएको हो । भारतले प्रस्तुत गरेको १ सय ११ रनको झिनो लक्ष्य न्युजिल्याण्डले मात्र १४.३ ओभरमा दुई विकेटको क्षतिमा पछ्यायो । न्युजिल्याण्डलाई जीत दिलाउन डार्यल मिचेलले सर्वाधिक ४९ रनको योगदान दिए । ३५ बलमा उनले ४ चौका र ३ छक्का हिर्काए । कप्तान केन विलियमसनले ३३ रन बनाए भने ओपनर मार्टिन गुप्टिलले २० रनको योगदान दिए । भारतका लागि दुवै विकेट जसप्रित बुमराहले लिए ।यसअघि न्युजिल्याण्डको घातक बलिङसामु भारत निरिह देखिएको थियो । भारतका ब्याट्सम्यानहरुले खुलेर खेल्नै सकेनन् । भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११० रन मात्र बनाउन सक्यो । रवीन्द्र जडेजाले सर्वाधिक २६ रन बनाए भने हार्दिक पाण्डेयले २३ रनको योगदान दिए । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ३ तथा इस सोधीले २ विकेट लिए । जीतसँगै न्युजिल्याण्ड अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ भने भारत पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ