Fri. Jul 4th, 2025

आजको चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने, बार्नु पनि नपर्ने

कार्तिक शुक्ल पूर्णिमाका दिन (आज) लाग्ने चन्द्रग्रहण नेपाली आकाशबाट नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आंशिकरूपमा लाग्ने र नेपाली आकाशबाट नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको समितिले जनाएको छ । नेपाली समयानुसार दिउँसो १ः०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४ः३२ बजेसम्म देखिने जनाइएको छ ।

एसियाका केही क्षेत्र, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्रलगायतबाट यो चन्द्रग्रहण देख्न सकिनेछ ।

नेपालबाट विरलै छायाँजस्तो भागमात्र देखिने र नाङ्गो आँखाले त्यो पनि देख्न मुस्किल पर्नेछ । यसपटकको चन्द्रग्रहण पहिले देखिनेभन्दा हल्का रेखा आकारमा देखिने खगोलविद्को दाबी छ ।

About The Author

अन्य समाचारहरु: