असार २४ गतेदेखि अपि हाइड्रोको ३० करोडको साधारण सेयर

असार १६, २०७२

Api-Hydro21
 काठमाडौं –  अपि हाइड्रोपावर कम्पनीले यही असार २४ गतेदेखि ३० करोड रुपैयाँ बराबरका प्रतिकित्ता सय रूपैयाँ अंकित दरका ३० लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ ।

निष्काशन गरेको उक्त सेयर छिटोमा असार २८ गते ढिलोमा साउन ७ गते बिक्री बन्द गरिने कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानलेले  जानकारी दिए । कम्तीमा ५० कित्ता देखि बढीमा १००० कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना कर्मचारीहरुलाई निस्काशित सेयरको ३ प्रतिशत छुट्याएको छ ।
कम्पनीले जारी गर्ने साधारण सेयरको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट छ । आवेदकहरुले एनआइबिएलका देशभर रहेका ४५ शाखा, अपि पावर कम्पनीको थापाथलीस्थित ट्रेड टावरमा रहेको कर्पोरेट कार्यालय र जनता बैंकका जुनसुकै शाखामा आवेदन दिनसक्ने अध्यक्ष न्यौपानेले बताए ।

आयोजनाको सम्पूर्ण काम सकिएको छ । अहिले पावरहाउस टेस्टिङ भइरहेको छ । दार्चुलाको नौगाढ खोलामा निर्माण भइरहेको आयोजनाको विद्युत उत्पादन क्षमता साढे ८ मेगावााट हो । यो परियोजनाले लगानीकर्तालाई वाषिर्क २० प्रतिशतका दरले प्रतिफल दिने न्यौपानेले बताए । कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये ६० करोड रुपैयाँ प्रवर्द्धकहरुले चुक्ता गरिसकेको छन भने गत माघ १९ गते स्थानीयबासीबाट सेयर जारी गरी १० करोड रुपैयाँ उठाइसकिएको छ । ३० करोड सर्वसाधारणबाट उठाउन लागिएको हो । आयोजनाको कूल लागत १ अर्ब ३९ करोड ८० लाख रुपैयाँ रहेको छ । जसमा ९८ करोड रुपैयाँ नेपाल बैंकको नेतृत्वमा प्राइम बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू र नेपाल एसबिआई बैंकले सहवित्तीयकरणमा संयुक्त लगानी गरेका छन् । अनलाइनखबरबाट

No data was found
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने

भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

यो पनि पढ्नुहोस