
धादिङ– धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. १ मा आयोजित लोकदोहोरी प्रतियोगितामा बुढिगण्डकी कृषक समूह प्रथम भएको छ ।

कृषक समूहहरुबीच भएको दोहोरी प्रतियोगितामा छापथोक कृषक समुह द्धितीय, देबिस्थान कृषक समुह तृतिय र अनुरोध कृषक समुह सान्त्वना भएको छ । एकिकृत सामुदायिक विकास अभियान आईसिडिसीले ज्वालामुखी–१ मैदीमा संचालन गरिरहेको ज्वालामुखी जिविकोपार्जन परियोजना अन्तर्गत प्रतियोगिताको आयोजना गरेको हो ।

प्रथम, द्धितीय, तृतिय र सान्त्वना भएका समूहलाई (क्रमशः ७५००, ६०००, ४५००, ३०००) नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । लैङिगक हिंसा विरूद्वको १६ दिने अभियानको अवसर पारेर आयोजना गरिएको लोकदोहोरी कार्यक्रममा विभिन्न १४ ओटा कृषक समूहका महिला तथा पुरुष सहभागी थिए ।