टी–२० क्रिकेटको तेस्रो खेलमा पनि नेपाल पराजित

असार १८, २०७२

nepali-team
१८ असार, काठमाडौं – टी–२० क्रिकेटको तेस्रो खेलमा नेपाल नेदरल्याण्डसँग पराजित भएको छ । बिहबिार राति भएको खेलमा नेपाल १८ रनले पराजित भएको हो ।

जितसँगै नेदरल्याण्डले चार टी–२० म्याचको श्रृखला ३–० ले आफ्नो पक्षमा पारेको छ ।

१ सय ५० रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेट गुमाएर १ सय ३३ रनमात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ३६ रन बनाए भने शरद भेसवाकरले २४, प्रदिप ऐरीले १८, ज्ञानेन्द्र मल्लले १७ र सुवास खकुरेलले १४ रन बनाए ।

No data was found

नेपाललाई सस्तैमा समेट्न नेदरल्याण्डका असन मल्लिकले सर्वाधिधक ४ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले पिटर माएबर्गको उत्कृष्ट ब्याटिङको मदतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । माएबर्गले अविजित ७१ रन बनाए ।

नेपालका करण केसीले २, तथा बसन्त रेग्मी, सागर पुन र शक्ति गौचनले समान १–१ विकेट लिए ।

नेपालले अब शुक्रबार चौथो तथा अन्तिम खेल खेल्नेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बाढीले बगाएको सुनका गरगहना लुकाउने एकजना गजुरीबाट पक्राउ

बाढीले बगाएपछिको फुर्केखोला पुल र नदीले कटान गरेको तटीय क्षेत्र (तस्बिरहरु)

माथिल्लो त्रिशूली–१ मा भेटियो ७ जनाको शव

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ

एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

यो पनि पढ्नुहोस