Fri. Jul 4th, 2025

धादिङको दार्खामा ग्रामीण आँखा क्लिनिक संचालन

धादिङ– धादिङको खनियाँबास गाउपालिका वडा नम्बर ४ दार्खामा ग्रामीण आँखा क्लिनिक संचालनमा ल्याइएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ, जिल्ला सामुदायिक आँखा केन्द्र धादिङ र खनियाँबास गाउपालिकाको सहकार्यमा ग्रामीण आँखा क्लिनिक संचालनमा ल्याइएको हो । खनियाबास ग्रामीण अस्पतालको भवनमा सोमबारबाट नियमित सेवा दिनेगरि ग्रामीण आँखा क्लिनिक संचालनमा ल्याइएको जिल्ला सामुदायिक आँखा केन्द्र धादिङका नेत्र अधिकृत रामसिह तामाङले जानकारी दिए ।

ग्रामीण आँखा क्लिनिकबाट खनियाँबास गाउपालिका लगायत रुवीभ्याली र गंगाजमुना गाउपालिकाका वडा नम्बर १, २, ३ र ४ का स्थानियले सेवा लिन सहज हुने बताइएको छ । ग्रामीण आँखा क्लिनिकको लागि गाउपालिकाले २ जना कर्मचारी पनि नियुक्त गरेको छ ।

गाउपालिका अध्यक्ष रण बहादुर तामाङ, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँका कार्यक्रम निर्देशक नविन कुमार राई लगायतको सहभागतिामा क्लिनिकको सोमबार उद्घाटन गरिएको हो । त्यस्तै ग्रामीण आँखा क्लिनिक उद्घाटन कार्यक्रमको अवसरमा १ दिने निशुल्क आँखा शिविर समेत संचालन गरिएको छ ।

About The Author

अन्य समाचारहरु: