धादिङ– दक्षिण धादिङको महाभारत लेक क्षेत्रमा प्रहरी र स्थानीयबीच अफिम फडानीमा बर्सेनि लुकामारी हुँदै आएको छ ।
स्थानीयले बर्सेनि अफिम र गाँजा लगाउछन् प्रहरीले
हरेक बर्ष प्रहारीले फडानी गर्छ । तर, समस्या जस्ताको तस्तै छ । न स्थानीयले लगाउन छोडेका छन् न त प्रहरीले नस्ट गर्न छोडेका छन् ।
बेनिघाट रोराङ गाउँपालिका-१, मा पुगेर प्रहरीले बिहिवार पनि ३ सय रोपनीमा लगाएको अफिम नस्ट गरेका छन् । सिमटार, जरुङ र ब्रुम्दी गाउँको ३ सय रोपनीमा लगाएको अफिम खेति प्रहरीले फडेर फर्किएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जागेश्वर भण्डारीले बताए ।
“वस्ति वस्तिमा संयुक्त गस्ती“ अभियान अन्तर्गत बिहिबार स्थानीयहरुले अवैध रूपमा लगाइएको अफिम खेति फडानी गरी नष्ट गरीएको उनको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङबाट खटिएको संयुक्त टोलीले उक्त अफिम खेती नष्ट गरेको हो । साथै सोही क्षेत्रमा बारीमा लुकाई राखिएको करिब ५० केजी लागूऔषध गाँजा समेत प्रहरीले नष्ट गरेको छ ।
विगतको समयमा पनि उक्त क्षेत्रमा अफिम खेति हुदै आएको थियो ।