संखुवासभाको मादी नगरपालिका-६, थुलुङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
रामबेनी बजारबाट झापाका दमक जाँदै गरेको ना ४ ख ७३५ नम्बरको बस थुलुङ पुगेर दुर्घटनामा परेको हो । मृत्यु भएका १४ जना मध्ये १२ जनाको पहिचान खुलेको छ ।
बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । दुर्घटनामा परेर मृत्यु हुनेहरुमा संखुवासभाको मादीका धेरै छन् । चालक र सहचालकको पनि मृत्यु भएको बताइएको छ ।