रात्रिकालीन व्यवसाय अब २४ सै घण्टा खोल्न पाइने

फाल्गुन २६, २०७८

काठमाडौ– गृह मन्त्रालयले होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनका लागि नयाँ मापदण्ड बनाएको छ ।

मापदण्ड अनुसार रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाएर २४ सै घण्टा चल्न दिने निर्णय भएको छ । गृहको निर्णयसँगै अब होटल, रेष्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन हुन पाउने भएका छन् । यसअघि प्रहरी प्रशासनले राति १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाएको थियो ।

जसअनुसार अब रात्रिकालिन व्यवसाय सञ्चालन गर्न छुट्टै इजाजत प्राप्त गर्नुपर्ने छ । प्रत्येक व्यवसायीले आफ्नो कारोवार सञ्चालन गर्दा सार्वजनिक सदाचार र नैतिकताको अनिवार्य पालना गर्नुपर्नेछ । ‘सेवा लिइसकेपछि व्यवसायस्थलबाट आफ्नो घरसम्म पुर्याइदिन ग्राहकले अनुरोध गरे सम्बन्धित व्यवसायीले स–शुल्क सवारीसाधनको व्यवस्था गर्नुपर्नेछ,’ मापदण्डमा भनिएको छ ।

डान्सबार तथा नृत्य प्रस्तुत हुने स्थानमा अश्लिलता प्रदर्शन हुने गरी नाच्न नपाइने मापदण्डमा उल्लेख छ ।आन्तरिक तथा वाह्य पर्यटनलाई टेवा पुग्ने सेवाग्राहीको रुपमा सेवा लिन आउने सबै पाहुनालाई स्वस्थ मनोरञ्जन प्रदान गर्न निर्देशनसमेत दिइएको छ ।

१८ वर्ष मुनिकालाई मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ प्रयोगमा रोक लगाइएको छ । साथै,डान्सबार, रेस्टुरेण्ट एण्ड बार,लाइभ ब्याण्ड, लाउन्ज बारमा उनीहरुलाई प्रवेश निषेध गरिएको छ । प्रचलित ऐन कानुनको पूर्ण रुपमा परिपालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न पाइने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ