ओलीले कम्युनिष्ट सिध्याउने काम गर्‍यो, त्यहि कारण एमाले काम लागेन : राजेन्द्र पाण्डे

फाल्गुन २८, २०७८

धादिङ– बागमती प्रदेशका मुख्यमन्त्री एवं नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले केपी ओलीले कम्युनिष्ट सिध्याउने काम गरेकोले कलम चिन्ह लिएर जनतामाझ पुगेको बताए ।

शनिबार गल्छी गाउँपालिका संगठन कमिटिको प्रथम अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले केपी ओलीप्रति कटाक्ष गरेका हुन् । ‘देशलाई भ्रष्टाचारको दलदलमा पुर्‍यायो, त्यहि कारणले एमाले काम लागेन, अब एमालेले सर्वहारा श्रमजिवि जनताको प्रतिनिधित्व गरेन’ पाण्डेले भने–‘अब हामी कलम चिन्ह लिएर आज तपाइहरुको माझमा आएका हौं ।’

‘अघिल्लो निर्वाचनमा सबै एमालेमा रहँदा धादिङमा तीन वटै निर्वाचन क्षेत्रलाई जितायौं, त्यो जितेको पार्टी काम लागेन, अब कलम चिन्हलाई घर घर पुर्‍याउनुस्, हरेक आमा बुवालाई चिनाउनुस् अब यसै कलम चिन्हले हाम्रो रक्षा गर्छ’ पाण्डेले कार्यकर्तालाई निर्देशन दिए ।

श्रम तथा रोजगार मन्त्री कृष्ण कुमार श्रेष्ठ ‘किसन’ले श्रमिकका हकहित हितका लागि सरकारले नयाँ नयाँ काम गरिरहेको बताएका छन् । समादवादीले अबको दिनमा जनताको हित हुने काम गर्ने उनले बताए ।
कार्यक्रममा गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ, गजुरी गाउँपालिका उपाध्यक्ष सीता ढुंगानासहित नेकपा समाजवादी पार्टीका केन्द्रिय तथा स्थानीय नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा कलाकारहरुले विभिन्न सांस्कृतिक कार्यक्रम गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ