कोरियन भाषा परीक्षाको आवेदन खुल्यो !

फाल्गुन ३०, २०७८

काठमाडौ- कोरियन भाषा परीक्षा (ईपिएस) को लागि आगामी चैत १४ देखि २१ गतेसम्म आवेदन दर्ता हुने भएको छ।

ईपिएस कोरिया शाखाका अनुसार कोरियामा गई काम गर्न इच्छुक नेपालीका लागि भाषा परीक्षाको आवेदन खुल्न लागेको हो। 
कृषि तथा पशुपालन र उत्पादनमा छुट्टाछुट्टै परीक्षा हुने तालिका सार्वजनिक भएको छ।

जसअनुसार २०७९ वैशाख २६ देखि जेठ १३ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रको पहिलो चरणको भाषा परीक्षा हुने भएको छ। यस्तै जेठ २४ देखि असार १६ सम्म  दोस्रो चरणको भाषा परीक्षा हुनेछ।

यस्तै सिप परीक्षणका लागि कृषि तथा पशुपालन क्षेत्रका लागि  पहिलो चरणमा वैशाख २६ देखि जेठ १३ तथा दोस्रो चरणमा जेठ २४ देखि असार १६ सम्म मिति तोकिएको छ। 

यस्तै उत्पादन क्षेत्रको सिप परीक्षणका लागि पहिलो चरणमा असार २० देखि भदौ १० सम्म र दोस्रो चरणमा भदौ १६ देखि असोज २० सम्म मिति तोकिएको छ।

आवेदन दर्ता गर्नका लागि eoers.epsnepal.gov.np मा गई अनलाइन फारम भर्नुपर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ