मर्यादित रुपले होली मनाउन धादिङ प्रहरीको आग्रह

चैत्र १, २०७८

धादिङ : होली (फागु) पर्व मर्यादित रुपमा मनाउन जिल्ला प्रहरी कार्यालय धादिङले आग्रह गरेको छ । कोभिड–१९ को जोखिम कायमै रहेका कारण होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । कार्यालयले सूचना जारी गरी होली पर्व मनाउने नाममा कोही कसैलाई इच्छा विपरित रंग नदल्न अनुरोध गरेको छ ।

कोरोना भाइरस फैलन सक्ने अवस्थालाई मध्यनजर गरी सार्वजनिक स्थानहरुमा सभा सम्मेलन भोज भतेर एवं धेरै संख्यामा भेला भई होली पर्व नमनाउन भनिएको छ । अबिर हाल्ने, लोला हान्ने तथा हो–हल्ला गर्ने कार्य नगर्न, जबरजस्ती अमर्यादित गैर कानूनी र उच्छङ्खल किसिमका कुनै पनि व्यवहार गर्ने कार्य कानून विपरित भएकाले त्यस्ता क्रियाकलाप रोक्न आग्रह गरिएको छ ।

यात्रामा निस्किएका व्यक्तिहरु, बाटोमा हिडिरहेका महिला तथा बालबालिकाहरुलाई होलीको नाममा दुख दिने, हैरानी दिने गरेको पाइएमा तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ । रमाइलो गर्ने क्रममा रंग जथाभावी खेल्दा आँखाको दृष्टि गुम्ने, कानको जाली फुट्ने, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन् । यस्तै यो पर्वमा लोला प्रहारले आँखा, कानलाई समस्यामा पार्न सक्ने चिकित्सकहरुको भनाई छ । अझ फोहोर पानीले लोला हानियो भने त झन अन्य थुप्रै समस्या निम्तिन सक्छ, त्यसैले होली पर्व मनाउदा बिशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

बाहिर हिड्दा अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न, स्यानिटाइजरको प्रयोग गर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरिएको छ । होली मनाउने नाममा जबरजस्ती रङ दल्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरेर गाडी चलाउने, होहल्ला गर्ने र अपराध सृजना गर्ने जो कोहीलाई कानुन अनुसार कार्बाही गर्ने प्रहरीले जनाएको छ । गतवर्षका होलीमा हो–हल्ला गर्ने मादक पदार्थ सेवन गरेर झगडा हुने गरेका थिए । यसवर्ष त्यस्ता कार्य हुन नदिन सुरुमै सचेतना गरिएको प्रहरीले जनाएको छ ।

आत्मियता र सद्भाव फैलाउने गरि पर्वहरुलाई मनाउन आग्रह गर्दै प्रहरीले कुनै पनि उच्छङ्खल कार्य हुने देखिएमा र भएमा प्रहरीलाई एक सयमा फोन गरेर सघाउन समेत अपिल गरेको छ । यसबर्षको होली पर्व चैत ३ गते पहाडी क्षेत्र र चैत ४ गते तराईमा मनाईदै छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ