धादिङ– संचारकर्मीहरुको लागि मानव बेचविखन तथा बाल संरक्षण सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ ।
अभिमुखिकरणमा बाल संरक्षण र मानव बेचविखन तथा ओसारपसारको विषयमा अवधारणा, सम्बन्धी राष्ट्रिय र अन्तराष्ट्रिय कानुनबारे छलफल भएको छ । प्रभावितका अधिकारमा केन्द्रित छलफल गर्न, पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम संचालन गरिएको कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)का अधिवक्ता जगन्नाथ सुवेदीले बताए ।
कार्यक्रममा मानव बेचविखन र बालबालिकाहरुको संरक्षणका विषयमा पनि छलफल गरिएको छ । बालसंरक्षणमा स्थानीय सरकारको जिम्मेवारीको विषयमा पनि छलफल गरिएको छ ।