फोनिज संघीय महाधिवेशनको बन्दसत्र सुरु, विधान संशोधनको प्रस्ताव

चैत्र ७, २०७८

चितवन– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाविधेशनको बन्दसत्र सुरु भएको छ ।

चितवनको सौराहामा जारी महाधिवेशनको बन्दसत्रले फोनिजको विधान संशोधन गर्ने भएको छ ।

महाधिवेशनले काठमाडौ उपत्यकाभित्र बसेर विधागत बिटमा कार्यरत जनजाति पत्रकारलाई समेटेर फोनिज विशेष प्रादेशिक समिति गठन गर्ने भएको छ ।

रेडियो, अनलाइन, टेलिभिजन, पत्रपत्रिका, एसोसियट र मातृभाषाको पत्रकारिता गर्ने आदिवासी जनजाति पत्रकारलाई समेटेर छुट्टाछुट्टै समिति गठन गर्ने प्रस्ताव ल्याएको हो ।

यो महाधिवेशनले विधान संशोधन गरी संघीय समितिको संख्या पनि वृद्धि गर्ने भएको छ ।

जस अन्तर्गत अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ४ (खुल्ला १, महिला १, संस्थागत १, अल्पसंख्यक १),  महासचिव १,  सचिव ६ (खुल्ला ३, महिला १, संस्थागत १, अल्पसंख्यक १) र कोषाध्यक्ष १, सहकोषाध्यक्ष १ (महिला अनिवार्य) गरि पदाधिकारीको संख्या बढाउन लागेको हो । यसअघि अध्यक्ष १, उपाध्यक्ष ३ (वरिष्ठसहित), महासचिव १, सचिव ३ (संगठन १, संस्थागत १, अल्पसंख्यक १), कोषाध्यक्ष १ मात्रै थियो ।

छैटौं महाधिवेशनमा ११ सदस्यीय पदाधिकारी थियो । सातौं महाधिवेशनले पदाधिकारीको संख्या १५ सदस्यीय बनाउने प्रस्ताव भएको छ । सदस्यहरुको संख्या पनि वृद्धि गर्ने भएको छ । समावेशीता लगायत महासंघको बढ्दो सदस्य संख्याका आधारमा थप पदहरु सिर्जना गरि कार्यान्वयनमा ल्याउन लागिएको फोनिज संघीय समितिले जनाएको छ ।

सातवटै प्रादेशिक महाधिवेशनहरुबाट संगठन सचिवहरु निर्वाचित गरेर ल्याएको फोनिजले संघीय समितिमा भने संगठन सचिवको पद नै खारेज गर्ने प्रस्ताव अघि सारेको छ ।

फोनिजले पालिकास्तरमा पनि शाखा विस्तार गर्ने भएको छ । पालिका शाखामा गठन हुने समिति जिल्ला शाखाको मातहतमा हुनेछ । तर, महानगरमा बन्ने समिति जिल्ला शाखा सरह हुनेगरी प्रस्ताव भएको छ ।

कार्यक्रममा देशभरबाट प्रतिनिधिहरु सहभागी छन् ।सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्ने प्रयास हुने फोनिजका महासचिव मनोज घर्तीमगरले जानकारी दिए ।

जातिय पहिचान र संचारमा समावेशिता फोनिजको मुल उदेश्य हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ