बागमती प्रदेशसभा बैठक दिउँसो १ बजे बस्दै

चैत्र ८, २०७८

काठमाडौ – बागमती प्रदेशसभा बैठक मंगलवार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ। प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार बैठकमा गत फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ।

बैठकले प्रदेश ऐन, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्यूरो सेवाको गठन, स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक स्वीकृत गर्ने कार्यसूची रहेको सचिव खड्काले बताए।

उनका अनुसार उक्त विधेयक सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बैठकमा स्वीकृतका लागि पेश गर्नेछन्।

बागमती प्रदेशसभामा हाल १०९ प्रदेशसभा सदस्य छन्। जसमा नेकपा ९एमाले०का ४३, नेकपा ९माओवादी केन्द्र०का २३, नेपाली कांग्रेसका २२, नेकपा ९एकीकृत समाजवादी०का १३, विवेकशील साझाका तीन, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०का दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का दुई र जनता समाजवादी पार्टी ९जसपा०का एक जना छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ