Sat. Jul 5th, 2025

खुम्रे किरा नियन्त्रण गर्न पुराक्सिङका किसानको माग

धादिङ : बारीमा लगाइएको मकै खुम्रे किराले सखाप बनाइदिएपछि किसानहरु चिन्तित भएका छन् । गजुरी गाउँपालिका वडा नं ३ पुराक्सिङका किसानहरुले लगाएको मकै खुम्रे किराले खाइदिएपछि चिन्तित भएका हुन् । गत चैतमा लगाएको मकै गोडमेल गर्न नपाउँदै किराले खाइदिएको पुराक्सिङका किसान अर्जुन चेपाङले बताए ।

‘माटोभित्रै पसेर किराले जरानै खाइदिएपछि हुर्कदै गएको मकैको बोट बिस्तारै सुक्यो’ उनी भन्छन्, ‘मकै लगाएको ठाउ“मा अहिले बोट मरेपछि खाली भएको छ, दोहो¥याएर लगाएका छौ ।’ किराले प्राय सबैजसो मकैबाली सखाप बनाइदिएको छ ।

किराले मकको बोट नै काटिदिएपछि किसानहरुले प्राविधिकहरुस“ग सल्लाह समेत लिएका थिए । मकैबाली जोगाउन किसानहरुले बजारमा पाइने कडा बिषादीहरु समेत प्रयोग गरेका छन् जसले केही हदसम्म किरा नष्ट भएको थियो । तर अहिले ती विषादीहरु पाउन छाडेको किसानहरुको भनाई छ । चार, पा“च साल यता वर्ष बिराएर खुम्रे किरा देखिन थालेको छ । किराले माटोभित्रभित्रै पसेर बोटविरुवाको जरा काट्ने गर्छ, जसका कारण बोटविरुवा मर्ने गर्छ । रातो माटोमा त्यति नलाग्ने भएपनि वालुवा मिसिएको माटोमा लगाएको बाली सखाप बनाउने गरेको उनले बताए ।

पुराक्सिङमा खुम्रेकिराको प्रकोपबाट आजित भएका चेपाङ तामाङ समुदाय खाद्य अधिकार प्रभावित समूहमा संगठित समेत भएका छन् । खाद्य क्षेत्रमा काम गर्दै आइरहेको फियान नेपालको सहयोगमा किसानहरुले प्लान्ट क्वारिन्टिन तथा विषादी ब्यवस्थापन केन्द्र हरिहर भवनका प्रमुख सहदेव चापागाई र वाली संरक्षण बिभागकी प्रविधिक रमा कार्कीलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । प्रमुख चापागाईले नियन्त्रण गर्न प्राविधिक राय दिने बताउदै भन्छन्, ‘यस सम्बन्धि कार्यक्रम विभाग र बागमती प्रदेश सरकार अन्तगत बाली संरक्षण बिभागसंग हुन्छ । अहिले हाम्रोमा कार्यादेश छैन ।’

खुम्रे किरा (सेतो ग्रब्स) को वैज्ञानिक नाम फाइलोफागा एसपिपि हो । खुम्रे किरा सबैभन्दा विनाशकारी कीट किरा हो । खुम्रे किराको वयस्कहरु खपटे समुहमा पर्दछन । खुम्रे किरा माटो भित्र बसी बिगार गर्ने किराहरुमध्ये सबैभन्दा बिनाशकारी किरा हो । यसले मकै उम्री सकेपछि कलिलो बिरुवाको जराहरु खान्छ जसले गर्दाबिरुवाहरु बढन् सक्दैन र पछि मर्दछ । विशेषगरी लार्भा अवस्थामा र पानी नजम्ने जग्गा, पाखोमा बढी क्षति पु¥याउछ । यसले तरकारी बालीहरु, मकै, आलु, अधुवा र चिया खेतीमा क्षति पु¥याउँछ । खुम्रेको माउले काँचो गोबरमा फुल पार्दछ त्यसैले खेतबारीमा काचो गोबरमल प्रयोग गर्न नहुने कृषि विशषज्ञहरुको भनाई छ ।

पुराक्सिङका किसानहरुले बारीभरी मकै लगाएका छन् । केहीको मकै हलक्क बढेको छ तर किराले जरा खाइदिएपछि बोट पहेलो हुदै सुक्न थालेको छ । केही बारीमा मकै उम्रिएको छैन । केहीले भने दोहो¥याएर समेत मकै छरेका छन् तर अधिकांशले लगाएको मकैको बोटमुनि खुम्रे किरा भेटिन्छ । खुम्रे किराको नियन्त्रण गर्न ध्यानाकर्षण पत्र बुझाउदै किसान कमल चेपाङ भन्छन्, यसरी नै बालीनालीमा किराको प्रकोप देखिरहने भयो भने आर्थिक संकट आउन सक्छ, त्यसैले हाम्रो खाद्य अधिकार सुरक्षित गरिदिनुप¥यो भनेर माग गरेका छौ ।

खुम्रे किरा माटो भित्र बसी बिगार गर्ने किराहरुमध्ये सबैभन्दा बिनाशकारी किरा हो । यसले मकै उम्री सकेपछि कलिलो विरुवाको जराहरु खान्छ । जसले गर्दा बिरुवाहरु बढ्न सक्दैन र पछि मर्दछ । विशेषगरी लार्भा अवस्थामा यसले बढी क्षति पु¥याउँछ । २९ घरपरिवार मध्ये १३ परिवार तामाङ र १६ परिवार चेपाङ समुदायको बसोबास रहेको छ । खुम्रे किराले मकै बालीमा मात्र होइन धानबालीमा पनि नष्ट गरेको छ । सुख्खा ठाउँमा लगाइएको धानबालीको जरा काटेको छ जसले गर्दा बोट मर्दै गएको छ ।

About The Author

अन्य समाचारहरु: