Fri. Jul 4th, 2025

ओमोनसंग मैत्रिपूर्ण अभ्यास खेल खेल्दै नेपाल

काठमाडौं : एसिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज मैत्रीपूर्ण अभ्यास खेलमा ओमान खेल्दैछ। कतारमा अभ्यास गरिरहेको नेपालले कतारस्थित सुहिम बिन हामद स्टेडियममा ओमानविरुद्ध अभ्यास खेल खेल्न लागेको हो।

राति ९स्४५ मा सुरु हुने खेलमा नेपाल आफ्नो बलियो लय देखाउँदै एसिया कप छनोटमा सरप्राइज नतिजाका लागि तयार रहेको सन्देश दिने ध्याउनमा रहने छ।

यस अघि नेपालले मैत्रीपूर्ण खेलमा टिमोर लिस्टेको यू–२३ टोलीसँग २–२ गोलको बराबरी खेलेको थियो। यस्तै श्रीलंकासँग १–१ को बराबरी खेलेको नेपाल अन्तिम खेल जित निकाल्ने लक्ष्यमा हुने छ।

नेपाली टोली कतारमा अभ्यास पूरा गरेर प्रतियोगिताका लागि छनोट खेल्न कुवेत प्रस्थान गर्ने छ। छनोटमा नेपाल समूह ए मा रहेर प्रतिस्पर्धा गर्ने छ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन्। छनोट खेल आगामी ८ देखि १४ जुन सम्म हुँदै छ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्दा दोस्रो खेल ११ जुनमा कुवेतसँग खेल्ने छ। त्यस्तै १४ जुनमा इन्डोनेसियाविरुद्ध आफ्नो अर्को खेल खेल्ने छ। हरेक समूहका शीर्ष टोली र उत्कृष्ट पाँच उपविजेता एसियन कप २०२३ मा छनोट हुने छन्।

About The Author

अन्य समाचारहरु: