Fri. Jul 4th, 2025

कक्षा ११ र १२ लाई माध्यमिक,व्यवहारमा उच्च शिक्षा

काठमाडौं : सरकारले विद्यालय तहको संरचना परिवर्तन गरि कक्षा ११ र १२ लाई माध्यमिक शिक्षामा राखेको छ।

शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको आठौँ संशोधनको दफा ३ को उपदफा १ ख मा भनिएको छ,‘आधारभूत शिक्षा भन्नाले प्रारम्भिक बाल कक्षादेखि कक्षा ८ सम्म दिइने शिक्षा सम्झनुपर्छ।’

त्यस्तै,ऐनको दफा ३ को उपदफा २ ख मा माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्म दिइने शिक्षा सम्झनुपर्छ भनी उल्लेख छ। तर,व्यावहारमा भने पहिला जस्तै कक्षा ११ र १२ अझै उच्च शिक्षाकै रुपमा हेरिएको छ।

माध्यमिक शिक्षा परीक्षा एसइई नतिजा गत ११ गते प्रकाशित भएको थियो। अहिले विद्यार्थीहरु कक्षा ११ र १२ मा पढ्न कलेज खोज्न भ्याइनभ्याई छ। निजी कलेजले ललिपप देखाउँदै पत्रपत्रिकादेखि सामाजिक सञ्जालमा समेत विज्ञापन गरेका छन्।

पत्रिकाले झनै विज्ञापन बटुल्न यहीँका लागि छुट्टै पेजमा विज्ञापन प्रकाशित गर्ने गरेका छन्। बुधबार माइतिघरस्थित सेन्ट जेभियर्स कलेजमा प्रवेश परीक्षा दिनेको भीड थियो। राष्ट्रिय परीक्षा बोर्डले साउन मसान्तसम्ममा कक्षा ११ मा विद्यार्थी भर्ना गर्न सम्बन्धित विद्यालयलाई निर्देशन दिएको छ।

शिक्षाविद् प्राडा टंकनाथ शर्माका अनुसार कक्षा ११ र १२ उच्च शिक्षा नभई माध्यमिक शिक्षा नै हो। त्यसैले विद्यालयले विद्यार्थीलाई कक्षा १० बाट नै बिदाइ गर्न पाउँदैनन्। तर,विद्यालयहरूले विद्यार्थीहरुलाई विदाई कार्यक्रम नै आयोजना बिदाइ गर्ने गरेका छन्।

सरकारले नीति नियम बनाएपनि कार्यान्वयन गर्न नसक्दा भद्रगोल बनेको उनी बताउँछन्।

About The Author

अन्य समाचारहरु: