Fri. Jul 4th, 2025

सन्दीप लामिछानेलाई अध्यागमनले कालोसूचीमा राख्यो

काठमाडौ – क्रिकेटर कप्तान सन्दीप लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले कालोसूचीमा राखेको छ ।

गत मंगलबार बलात्कार आरोपमा जाहेरी परेसँगै राष्ट्रिय टिमबाट निलम्बनमा परेका उनलाई अध्यागमनले कालोसूचीमा राखेको हो ।

हाल विदेशमा रहेका उनलाई विमानस्थलबाटै पक्राउ गर्नका लागि कालोसूचीमा राखिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

लामिछानेलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले २३ भदौमा अनुमति दिएको थियो ।

About The Author

अन्य समाचारहरु: