जिल्ला अदालत धादिङद्धारा ७१ प्रतिशत मुद्धा फर्छौैट

असार ३१, २०७२

सरिता श्रेष्ठ,

dhading aadalat

धादिङ – जिल्ला अदालत धादिङले यस आर्थिक बर्षमा ७१ प्रतिशत मुद्धा फर्छौैट गरेको छ ।

वार्षिक कार्ययोजना अन्र्तगत ७० प्रतिशत मुद्धा फर्छौट गर्नुपर्ने भएतापनि लक्ष्य भन्दा बढी मुद्धा फर्छौट गरेको हो । यो हाल सम्मकै सबैभन्दा बढी मुद्धा फर्छौट भएको अदालतका श्रेष्तेदार राजेन्द्र वाग्लेले जानकारी दिए ।

आर्थिक वर्ष २०७१/०७२ मा विभिन्न मुद्धाहरुमा ४ सय ६६ मुद्धा फर्छौट गरिएको छ । अदालतमा आएको ६ सय ५८ मुद्धामा १ सय ९२ मात्र फर्छौट हुन बाँकी रहेको जिल्ला न्यायधिस ठाकुर शर्माले जानकारी दिए ।

त्यस्तै फैसला कार्यन्वयन तर्फ ८७ मुद्धा आएकोमा ५९ मुद्धा फर्छौट गरिएको छ । यी मुद्धाहरुमा बढी मात्रामा बलात्कार, जवरजस्तीकरणी, सम्बन्ध विच्छेद, लागु औषध, घरेलुहिंसा, चोरी, ठगी लगायतका मुद्धाहरु बढी आउने गरेको न्यायधिस शर्माले जानकारी दिए ।

यी मुद्धाहरुबाट १० करोड ८३ हजार ९ सय १३ रुपैया लागत उठेको छ भने ७ करोड, ९७ लाख, ६३ हजार ७ सय ९२ रुपैया फर्छौट भएको छ । निरन्तर सुनुवाई तर्फ ८२ मुद्धाहरु मध्ये ७१ वटा मुद्धाहरु फर्छौट भएका छन् । अदातलमा आएका मुद्धाहरुलाई १८ महिनाभित्र फर्छौट गर्ने लक्ष्य र फैसला कार्यन्वयन योजनाका निवेदनहरु ६ महिना नाध्न नदिने लक्ष्य लिएको छ ।

जिल्ला न्यायधिस, अदालतका कर्मचारी तथा प्रहरीहरुको बिशेष सक्रियता तथा कामप्रतिको लगनशिलताले गर्दा जिल्ला अदालत धादिङ देशभरी अदालतहरु भन्दा बढी मुद्धा फर्छौट गर्न सफल भएको अदातलको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

धादिङको परेवाटार नजिकै भ्यान दुर्घटना, दुई जना घाइते

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड   

यो पनि पढ्नुहोस

सार्वजनिक प्रसारणलाई गुणस्तरीय, विश्वसनीय र प्रभावकारी बनाइनुपर्छः सञ्चारमन्त्री खरेल

निर्वाचनको वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छः राष्ट्रपति

रूसले युक्रेनमा हान्यो ४५० ड्रोन र ४५ मिसाइल

बाउल लिगमा नेपाल यूएईसँग ४३ रनले पराजित

इंग्लिस प्रिमियर लिगमा आर्सनल र सन्डरल्यान्डको बराबरी

रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड