Fri. Jul 4th, 2025

समानुपातिक सांसद छनोटलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद

काठमाडौ – समानुपातिक सांसद् छनोट गर्दा विधि पद्धति मिच्न खोजिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद उत्पन्न भएको छ।

प्राइमरी इलेक्सनबाट निर्माण गरिणको बन्दसूचीको क्रमसंख्या मिचेर सांसद छनोट गर्न लागिएको भन्दै सो पार्टीका एक समूहले पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा पुगेर खबरदारी गरेका छन्।

प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकतर्फ भने १३ सिट जितेको छ। निर्वाचन आयोगले सांसदको सूची पठाउन दलहरुलाई बुधबार नै पत्राचार गरिसकेको छ ।

About The Author

अन्य समाचारहरु: