दाहालको अडान : एमाले बाहिरको राष्ट्रपति

फाल्गुन ८, २०७९

काठमाडौँ — भावी राष्ट्रपतिका लागि कोसँग समीकरण बनाउने भन्ने सुझाव र निर्णय लिन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सोमबार पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । औपचारिकताका लागि पार्टी बैठक आव्हान गरे पनि दाहालले एमालेबाहिरबाट राष्ट्रपति बनाउने ‘बटमलाइन’ बनाइसकेको स्रोतको भनाइ छ ।

यसैका लागि उनले कांग्रेससँग आइतबारबाट निर्णायक संवाद पनि थालेका छन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भावी राष्ट्रपति निर्वाचनमा सहकार्यको राजनीतिक मार्गचित्र कोरिएको छ । राष्ट्रपति निर्वाचनमा माओवादीको निर्णायक मत रहेकाले दाहालले एमाले र कांग्रेस दुवैलाई दबाबमा राखेर आफू अनुकूल ‘सफ्ट’ पात्रको खोजी गरिरहेका छन् ।

आइतबार राती प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभापति देउवासहित कांग्रेस शीर्ष नेता र प्रधानमन्त्री दाहालबीच छलफल भएको थियो । भेटमा भावी राष्ट्रपतिको बिषय र आगामी सहकार्यबारे छलफल भएको थियो ।

त्यहाँ दाहालले कांग्रेस नेताहरुलाई समर्थन गर्न सकिने वचन दिएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भन्दै माधव नेपालको नाम अघि सारे चाहिँ आफू के गर्ने भन्ने अन्योलमा पर्ने जवाफ कांग्रेस नेताहरुलाई दिएका थिए । नाटकीय रुपमा कुनै घटनाक्रम बदलाव नआएको अवस्थामा दाहाल एमाले बाहिरको राष्ट्रपतिको अडानमा अब कायम रहने उनीनिकट नेताहरुले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ