Fri. Jul 4th, 2025

प्रथम जलमुखी महोत्सव सुरु, धार्मिक पर्यटनको मुख्य हव बनाउने मुख्यमन्त्रीको प्रतिवद्धता

धादिङ– प्रथम जलमुखी धार्मिक तथा पर्यटन महोत्सव आइतबारबाट सुरु भएको छ । तीनदिनसम्म संचालन हुने महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका हुन् ।

महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले धार्मिक महोत्सव धार्मिक पर्यटक भित्र्याउने र स्थानीयको आर्थिक विकास गर्ने मुख्य खुड्किलो भएको बताए । धादिङसहित प्रदेशभित्रका जिल्लाहरुलाई धार्मिक पर्यटनको मुख्य हव बनाएर आसपासका पर्यटकीय गन्तव्यको प्रचार गरी दीर्घकालिन रुपमा धार्मिक पर्यटनको विकास गराउन प्रदेश सरकार सदैव तयार गरेको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

ज्वालामुखी गाउँपालिका–६ काउलेडाँडास्थित जलमुखी मन्दिरको प्रचार गर्दै धार्मिक महत्व बोकेको गन्तव्य प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताए । समाज उश्रृङ्खल बन्दै गएको र धर्ममाथी आक्रमण हुन थालेकोले त्यसलाई बचाउन धार्मिक महोत्सवको अवधारणा ल्याएको पनि उनको भनाई छ ।

कार्यक्रमकै अवसरमा जलमुखी मन्दिर संरक्षण समितिले मन्दिर निर्माणको डिपिआर प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएको छ । महोत्सवमा स्थानीय स्तरमा उत्पादन हुने उद्योगहरुसहित २५ स्टलहरु रहेका छन् । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु मध्य जलमुखी मन्दिर पनि एक हो ।

About The Author

अन्य समाचारहरु: