हिमालयन शेर्पाले अग्रता जोगाउन नसक्दा संकटासँग बराबरी

जेष्ठ १, २०८०

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आफ्नो १८औं चरणको खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालमा भएको खेलमा ५० औं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा हिमालयन शेर्पाले संकटासँग १–१ बराबरी खेलेको हो ।

विश्वास श्रेष्ठको कर्नरमा मेनुयल नानाले गोल गरेपछि खेलमा हिमालयन शेर्पाले अग्रता लिएको थियो । तर ७४औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै संकटाले बराबरी गर्‍यो ।

पोष्टतर्फ अगाडि बढाउँदै गरेका आयुष घलानलाई मेनुयल नानाले पेनाल्टी बक्समा फाउल गर्दा संकटाले पेनाल्टी पाएको थियो । जसलाई आयुष घलानले सदुपयोग गर्दै खेल १–१ बराबरी गरेका हुन् ।

आजको खेलमा अंक बाँड्दै हिमालयन शेर्पा क्लब नवौं स्थानमा उक्लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ