नर्वेका लेखकलाई नोबेल साहित्य पुरस्कार प्रदान

अशोज १८, २०८०

काठमाण्डौ – यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई प्रदान गरिने भएको छ ।

फोसाको कृतिले ‘व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत गरेकाले’ पुरस्कार दिइने भएको पुरस्कार छनोट समितिले जनाएको छ । फोसाको शैलीलाई फोसा मिनिमलिजमु को सङ्ज्ञा दिइएको छ ।

सन् १९५९ मा जन्मिएका युन फोसाले ४० भन्दा बढी नाटक, उपन्यास, निबन्ध र बाल पुस्तकहरू लेखेका छन् । उनले अनुवादको क्षेत्रमा पनि योगदान दिएका छन् ।

यसअघि नोबेल पुरस्कार समितिले रसायनशास्त्र, चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फका विजेताको घोषणा गरिसकेको छ । अब भोलि शुक्रवार शान्तितर्फका विजेताका नाम घोषणा हुने नोबेल पुरस्कार समितिले जनाएको छ । अर्थशास्त्रतर्फका विजेताका नाम आउँदो सोमवार घोषणा हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

धादिङ–२ मा रोकिएको मतगणना पुनः सुरु

उडान ट्याक्सीतर्फ चीनको अर्को कदम 

धादिङ-१ मा अशिकाको अग्रता कायम, धादिङ-२ मा रोकियो

धादिङमा ५० दशमलव २९ प्रतिशत मत खस्यो

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु  

देवघाटमा देखियो घडियाल गोही

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती  

यो पनि पढ्नुहोस

धादिङ–२ मा रोकिएको मतगणना पुनः सुरु

उडान ट्याक्सीतर्फ चीनको अर्को कदम 

धादिङ-१ मा अशिकाको अग्रता कायम, धादिङ-२ मा रोकियो

धादिङमा ५० दशमलव २९ प्रतिशत मत खस्यो

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु  

देवघाटमा देखियो घडियाल गोही