महिला अर्थशास्त्री गोल्डिनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने

अशोज २२, २०८०

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अर्थशास्त्री क्लाउडिया गोल्डिनले पाउनुहुने भएको छ । नोबेल पुरस्कार छनोट समितिले श्रमबजारमा महिलाको योगदानबारे अध्ययन गर्ने महिला अर्थशास्त्री गोल्डिनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

अर्थशास्त्री गोल्डिन हार्भर्ड विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । अर्थशास्त्रतर्फ विजेताको नाम घोषणा भएसँगै यो वर्ष सबै विधातर्फ नोबेल पुरस्कार घोषणा गर्ने काम टुङ्गिएको छ । यो वर्षका विजेताहरूलाई आउँदो डिसेम्बर १० मा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

भौतिकशास्त्र, रसायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्रतर्फको पुरस्कार स्विडनको स्टकहोम प्रदान गरिन्छ । नोबेल शान्ति पुरस्कारको विजेताको चयन नर्वेमा गरिन्छ र पुरस्कार ओस्लोमा प्रदान गरिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ