Sat. Jul 5th, 2025

सरकारले बाँझो खेतलाई उत्पादनमा लैजानका लागि नीति बनाउनुपर्छ : नेता सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल नाम मात्रैको कृषिप्रधान देश भएको बताएका छन् । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले खाद्यान्नदेखि लिएर अनेकौँ दैनिक उपभोग्य वस्तु आयात गर्नु परिरहेको बताए । उनले बाँझो खेतलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्नेमा जोड दिए ।

‘अहिले हामीले देखिरहेका छौँ । अनुभव गरिरहेका छौँ । युवाहरु जो लाखौँलाख विदेश गइरहेका छन् । यो हाम्रो चुनौती हो । यसलाई हामीले कसरी मिट गर्ने, फेस गर्ने भन्नेबारेमा पार्टीले केलाउनु पर्छ’ उनले भने, ‘कृषिप्रधान देश भनिन्छ, तर नाम मात्रैको कृषि प्रधान देश भएको छ । किनभने खाद्यान्नदेखि लिएर अनेकौँ दैनिक उपभोग्य वस्तु आयात गर्नु परिरहेको छ । जिल्लामा जाँदा खेत बाँझो छ, त्यसलाई उत्पादनमा लैजान सरकारले नीति बनाउनुपर्छ ।’

About The Author

अन्य समाचारहरु: