९ लाखभन्दा धेरै श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत

मंसिर ११, २०८०


काठमाण्डौ
-‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ लागू भएको पाँच वर्ष पूरा भएको छ । अहिलेसम्म सामाजिक सुरक्षा कोषमा नौ लाख २८ हजारभन्दा धेरै श्रमिक सूचीकृत भएका छन् ।
यस्तै, ४४ अर्ब ८५ करोड रुपैयाँ जम्मा भइसकेको कोषले जनाएको छ । कोषका अनुसार अहिलेसम्म तीन लाख ३३ हजारभन्दा धेरै योगदानकर्ताले कोषबाट सञ्चालित विभिन्न योजनमार्फत ६ अर्ब ४४ करोड रुपैयाँ दाबी भुक्तानी लिइसकेका छन्

यसअनुसार वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत सबैभन्दा बढी पाँच अर्ब ४८ करोड ९७ लाख, औषधि उपचार तथा स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत ७६ करोड १२ लाख, आश्रित परिवार सुरक्षा योजना अन्तर्गत १० करोड ९६ लाख, दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत आठ करोड ७५ लाख र दाबी भुक्तानी भइसकेको छ । सामाजिक सुरक्षा योजनामा योगदान गरिरहेकै अवस्थामा ज्यान गुमाएकाका व्यक्तिका आश्रित परिवारले मासिक एक लाख रुपैयाँसम्म पेन्सन लिन थालेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0

ताजा खबर

बाढीले बगाएको सुनका गरगहना लुकाउने एकजना गजुरीबाट पक्राउ

बाढीले बगाएपछिको फुर्केखोला पुल र नदीले कटान गरेको तटीय क्षेत्र (तस्बिरहरु)

माथिल्लो त्रिशूली–१ मा भेटियो ७ जनाको शव

प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ

एसिसी प्रिमियर कपः फाइनल खेलमा आसिफको शतक, नेपाल बलियो स्थितिमा

यो पनि पढ्नुहोस